इटहरी । सुनसरीको इटहरीमा प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा हुने भएको छ । असार ९ गते भगवान जगन्नाथ ,वलदेव र शुभद्रा माहारानीको रथ यात्रा इटहरीमा भब्यरुपमा गरिन लागेको हो ।
पत्रकार सम्मेलनमा रथयात्रा कार्यक्रमका अध्यक्ष विष्णु रिजालले यही असार ९ गते दिउँसो ३ वजे देखि इस्कोन इटहरी सेन्टर हटिया लाइनबाट दिव्य किर्तन , नृत्य सहित रथ यात्रा गरिने जानकारी दिए ।
रथयात्रा पछि राधाकृष्ण शिव मन्दिरमा आएर महाआरती , प्रवचन सहित प्रसाद वितरण गरि कार्यक्रम समापन गरिने इस्कोन इटहरी सेन्टरका प्रमुख प्रचारक ललित माधव दासले जानकारी गराए ।
रथयात्रामा इटहरी तथा आसपासका क्षेत्रका २ हजार देखि ३ हजार जना सम्म भक्तजनहरुको सहभागिता रहेने अनुमान गरिएको छ ।
जगन्नाथ पुरीसँग जोडीने यस प्रकारको रथ यात्रा सुनसरीको इटहरीमा पहिलो पटक आयोजना हुन लागेको समेत जानकारी गराइयो । पछिल्लो समयमा इस्कोन इटहरीले यस क्षेत्रमा विभिन्न धार्मिक गतिविधिहरु संचालन गर्दै आएको छ ।