इटहरी । नेकपा एमाले धरान १४ नं.वडा कमिटीले स्थानीय पञ्चायत दन्तकाली मा.वि.धरानका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । आज एक ओैपचारिक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरिएको वडा कमिटीका अध्यक्ष सूर्यप्रसाद पोख्रेलले बताए ।
जाडो बढेसंगै कमिटीले विद्यालयमा अध्ययन कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई स्वेटर बितरण गरिएको हो । उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीले कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा धरान नगर उपप्रमुख मन्जु भन्डारी समक्ष कोचिङ कक्षा चलाउन र शिक्षकलाई समयमा कक्षामा पठाउन आग्रह गरेका छन् ।
यता भन्डारीले भने विद्यार्थीको आग्रहप्रती आफू सकारात्मक रहेको बताउदै चाडै समस्या समाधान गर्ने बताइन् । कार्यक्रममा नेकपा एमाले जिल्ला प्रचार प्रमुख रवि खनाल, धरान सहइञ्चार्ज ऋषिराज राई, अध्यक्ष हर्क एभेङ लगायतको उपस्थिति रहेको थियो ।