काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा बन्द भएको छ ।
यस दिन ३२९ कम्पनीको सेयर कारोबार भयो । जसमध्ये ७९ कम्पनीको मूल्य बढ्यो भने १६९ कम्पनीको मूल्य घट्यो । नौ कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।
आज तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।