इटहरीमा बसले ट्रिपरलाई दियो ठक्कर

न्युजलय १६ पुस २०७८, शुक्रबार ०४:२६ मा प्रकाशित

 इटहरी । इटहरीमा बसले ट्रिपरलाई ठक्कर दिदाँ दुर्घटना भएको छ  ।

इटहरी पश्चिम टेम्पो स्टेन्ड नजिकै शुक्रबार दिउसो कालाबन्जरबाट इटहरी आउदै गरेको बसले सोहि दिसा तर्फ जाँदै गरेको ट्रिपरलाई ठक्कर दिएको हो ।

को १ ख १८३० नम्बरको सुपर आयुसा डिलक्स बसले बा १ ग २७२४ नं को ट्रिपरलाई ठक्कर दिदाँ बसको अगाडिको भागमा क्षती पुगेको छ ।

२ जना स्टाफ र १३ जना यात्रुहरु उक्त बसमा रहेको र कुनै मानबिय क्षती नभएको बताइएको छ ।

१ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरीकाका अनुसार दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।