राष्ट्र उत्थानको आइपीओ बाँडफाट

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार १०:३९ मा प्रकाशित

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । नतिजा भने केहीसमयपछि हेर्न पाईने कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।

राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलव ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । 

सर्वसाधारणले ७ लाख ९४ हजार ५ सय कित्ताको लागि आवेदन दिएका हुन्।