बढ्यो सुनको मूल्य

न्युजलय ४ बैशाख २०८१, मङ्गलबार ११:४० मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १७ सय ५० रुपैयाँ कायम भएको छ ।