युट्युब भिडियोमा अब डिसलाइकको संख्या हेर्न नपाइने

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार ०८:०७ मा प्रकाशित

काठमाण्डौ । युट्युब भिडियोमा अब डिसलाइकको संख्या हेर्न नपाईने भएको छ । कम्पनीले डिसलाइट काउन्टलाई प्राइभेट राख्ने घोषणा गरेको हो । 

युट्युबले डिसलाइकको संख्या प्राइभेट गर्नेछ र बटन भने हटाउनेको छैन् । यसको अर्थ कुनैपनि भिडियो डिसलाइक गर्न सकिन्छ तर डिसलाइक गरेको संख्या भने देखिने छैन् । 

युट्युब क्रियटरहरूले भने युट्युब स्टुडियोबाट डिसलाइक काउन्ट हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

डिसलाइक काउन्ट प्राइभेट गर्न युट्युबले शुरू गरिसकेको छ । अहिले भिडियोमा डिसलाइकको संख्यादेखिएपछि विस्तारै सबै भिडियो डिसलाइकको संख्या प्राइभेट हुनेछ ।