मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिको छापा

न्युजलय २१ साउन २०८०, आइतबार ०१:०५ मा प्रकाशित

इटहरी । सामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाउने इटहरीको एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ ।

सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आइतबार(आज) छापा मारेको हो । 

विशेष गरी पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलीले सो ग्रुपमा छापा मारेको हो । 

कर्मचारीहरूलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।