काठमाडौँ । सोमबार(आज) सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज छापावाल सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ ।
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।