इटहरीको नर्थ पोवाइन्टले सुरु गर्यो ११ मा कम्प्युटर विज्ञान

न्युजलय १९ असार २०८०, मङ्गलबार ०६:०६ मा प्रकाशित

सुनसरी । इटहरी वडा नं. १ मा सञ्चालित नर्थ प्वाइन्ट माविमा यस शैक्षिक सत्रदेखि कक्षा ११ मा कम्प्युटर विज्ञान पढाइ सुरु हुने भएको छ । 

नर्थ प्वाइन्टका प्रिन्सिपल राजन दाहालकाअनुसार यस वर्षदेखि कक्षा ११ मा थप कम्प्युटर विज्ञान पढाइ हुन लागेको जानकारी दिए । यसअघि नर्थ पोवाइन्टमा व्यवस्थापन र मानविकी समूहमा पढाई हुँदै आएको थियो । 

वार्ड नंं. ६ बाट संचालित हँुदै आएको यस विद्यालय यसै शैक्षिक शत्रदेखि वार्ड नं. १ मा सरेको हो । नयाँ सरेको भवनमा सुविधा सम्पन्न आधुनिक कम्प्युटर ल्याब र पुस्तकालय रहेको छ । यस विद्यालयमा एसीसहितका आधुनिक कक्षाकोठा रहेको प्रिन्सिपल दाहालले बताए ।

शिक्षाको गुणस्तरमा ध्यान दिएर निश्चित कोटामा विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गर्ने तयारीमा जुटेको विद्यालयले जनाएको छ । 

नर्थ पोवाइन्टले अध्ययन अध्यापनसँगै समयको मागअनुसार अतिरिक्त क्रियाकलापलाई पनि जोड दिने भएको छ । अतिरिक्त क्रियाकलापले विद्यार्थीको थप क्षमता प्रफुस्टन हुने भएकोले विद्यार्थीको रुचिअनुसारका कार्यहरुलाई अगाडि बढाइने विद्यालय प्रशासनले बताएको छ ।