विराटनगर । कोशी प्रदेश सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकाका वडाको सिमाना हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद्ले खाँदबारीका वडाको सिमाना हेरफेरलगायत अन्य ६ वटा निर्णय गरेको बताइएको छ ।
प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेस गर्ने लगायतका निर्णय गरेको छ ।