दमौली । बन्दीपुर गाउँपालिका–२ स्थित विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गराइएको छ ।
भानु माध्यमिक विद्यालयमा कार्यरत दुई शिक्षक र सात जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले विद्यालयको पठनपाठन बन्द गराएको हो ।
कोभिड–१९ को जोखिम थप बढ्न सक्ने हुँदा आजदेखि पुस ७ गतेसम्म भौतिक उपस्थितमा कक्षा सञ्चालन बन्द गरिएको जनाइएको छ ।