अभिनेत्री निता ढुंगानालाई पितृ शोक

न्युजलय १८ भदौ २०८०, सोमबार १२:१९ मा प्रकाशित

 काठमाडौं । अभिनेत्री निता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो ।

निताले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् बुबाको निधन भएको जानकारी गराएकी थिइन् । उनका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

निताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जलि दिएकी छन् । ‘हार्दिक श्रद्धाञ्जलि मेरो भगवान मेरो बुबाको बैकुण्ठवास होस् ।’ निताले सामाजिक सञ्जालमा लेखेकी छन् ।