‘सक्किगोनि’को नयाँ सिजनको प्रसारण सुरु

न्युजलय १२ जेठ २०८०, शुक्रबार ११:२९ मा प्रकाशित

काठमाडौं । चर्चित हास्य टेलिश्रृङखला ‘सक्किगोनि’को तेस्रो सिजनको प्रसारण सुरु भएको छ । 

बिहीवार टेलिश्रृङखलाको पहिलो एपिसोड प्रसारणमा आएको हो । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले यस टेलिश्रृङखलाको लेखन एवं निर्देशन गर्दै आएका छन् । शीर्ष भूमिकामा उनीहरूको अभिनय समेत रहँदै आएको छ । 

तेस्रो सिजनको पहिलो एपिसोडमा यसअघिका अधिकांश कलाकारहरू छन् ।

‘सक्किगोनि’को पहिलो एपिसोड मनोरञ्जनात्मकसँगै सन्देशमूलक समेत बनाइएको छ । अस्पतालहरूले बिरामीलाई कसरी ठगिरहेको हुनसक्छन् भन्ने सन्देश रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।