इटहरी उपमहानगरपालिकाको गेट अगाडी शंकास्पद वस्तु फेला

न्युजलय १६ पुस २०८१, मङ्गलबार ०७:५० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाको गेट अगाडी शंकास्पद वस्तु फेला परेको छ । उक्त वस्तु बम भएको हुनसक्ने बताइएको छ । 

नगरपालिकाको अगाडी सडक पेटीमा ब्याग र छेउमा कुकर फेला परेपछि यतिखेर सुरक्षाकर्मीले सो क्षेत्रलाई सिल गरेको छ । 

यस्तै बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरेको छ । 

यस्तै बुढी खोलाको पुलमुनिसमेत शंकास्पद वस्तु फेला परेको छ । त्यहाँ पनि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।