लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले गरे विवाह

न्युजलय २३ मङ्सिर २०७९, शुक्रबार १२:४४ मा प्रकाशित

काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईले गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका हुन् । 

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।

इन्द्रेणीबाहेक टिकटक लगायतका सामाजिक सञ्जालमा समेत छत्र र काजल चर्चित छन् ।