कोशीमा बहुमत पुर्याउन सभामुखलाई राजीनामा गराउने तयारी

न्युजलय १३ साउन २०८०, शनिवार ०६:३७ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेपछि अर्को सरकार बनाउन रस्साकस्सी सुरु भएको छ । 

एमाले र काँग्रेस नेतृत्वका गठबन्धनका आफ्ना आफ्नै दाउपेच सुरु भएको छ ।


प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई दाबी गर्न १६ गतेसम्मको समय दिएका छन् । 


सर्वोच्चले सभामुखले प्रदेश सभा सदस्यको हैसियतमा पनि काम गर्न नमिल्ने व्याख्या गरिसकेपछि सत्ता गठबन्धनका दलहरु सभामुखको राजीनामको तयारीमा छन् ।


कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दल र प्रतिपक्षमा रहेका दलबीच बराबरी सदस्य रहँदा सरकार बन्न समस्या भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का ४० जना सदस्य छन् । त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ सिट छ । कूल ९३ प्रदेश सभा सदस्यमा सभामुख बाहेक सत्ता गठबन्धनका दलहरुसँग पनि ४६ सिट नै छ । 


सभामुख माओवादी सांसद हुन् । सरकार बनाउने कुरामा माओवादी सकारात्मक रहेको र राजिनामा गराउने विषयमा कुरा भएको बताइएको छ ।