एक दिने फूटसल प्रतियोगिता सम्पन्न

न्युजलय २९ जेठ २०८०, सोमबार ०३:०० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं ५ ले आयोजना गरेको एक दिने फूटसल प्रतियोगिता समपन्न भएको छ । 

खेलक्षेत्रको प्रवर्धन तथा कर्मचारी तथा जनप्रतिनिधिविच भातृत्व सृजना गर्ने हेतुले जेठ २७ गते वडा स्तरिय वडा अध्यक्ष फूटसल प्रतियोगिता आयोजना गरिएको हो । 

उक्त खेलमा इटहरी उपमहानगरपालिकाको तिन टिम, इटहरी अस्पता र वडा कार्यालयको दश गरी जम्मा चौध टिम सहभागिता रहेको थियो । खेलको उद्घाटन इटहरी उपमहानगरपालिकाको उपप्रमुख संगिता कुमारी चौधरीले गरेकी थिइन । 

उक्त खेलमा सहरी विकाश महाशाखा र वित्तिय व्यवस्थापन महाशाखाविच फाइनल खेल भएको थियो । फाइनल खेलमा वित्तिय व्यवस्थापन महाशाखाले ३–५ गोल अन्तरले सहरी विकाश महाशाखालाई जितको थियो । 

वित्तिय व्यवस्थापन महाशाखाका सुवास वनले १२ गोल गरी सर्वाधिक गोल कर्ताको रुपमा गोल्डेन वुट प्राप्त गरेका थिए साथै सोही टिमवाट उत्कृष्ट गोल रक्षकको उपाधी अनिल चौधरीले प्राप्त गरेका थिए । 

खेलभरीको सर्वाधिक उत्कृष्ट खेलाडीको रुपमा शहरी विकाश महाशाखाका सुवास गिरी पुरस्कृत भएका थिए । वित्तय व्यवस्थापन महाशाखावाट लखनलाल चौधरी, सुवास वन, अनिल चौधरी, मनोज कोइराला, राम कुमार चौधरी, कृष्ण दुलार पासवान, उमेश चौधरी, आसिक भुजेल, खेलाडीको रुपमा रहेका थिए भने उक्त टिमको व्यवस्थापकमा लेखा प्रमुख विकाश पोख्रेल रहेका थिए। 

साथै टिम कोचको रुपमा डम्वर वहादुर कार्की र राम चन्द्र खड्का रहेका थिए । 

विजेता टिमलाई नगद १३ हजार, ट्रफी, मेडल र  प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेतालाई नगद पाँच हजार सहित ट्रफी मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । 


राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरीएको खेलमा विजेता उपविजेता र सहभागि सम्पुर्ण टिमलाई इटहरी –५ का वडा अध्यक्ष भिष्म कुमार घिमिरेले वधाई दिएका थिए । आगामी दिनमा पनि कर्मचारी र जनप्रतिनिधिविच यस्तै प्रकारका खेलको आयोजना गरी समग्र खेलको विकास गर्दै लैजान वडा नं ५ सदैव तयार रहेको प्रतियोगिताका संयोजक श्री गोपाल गिरीले बताए ।