मोरङ । नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले डिल्लीराम आचार्यको अध्यक्षतामा ५४ सदस्य नयाँ बुढीगंगा गाउँपालिकाको कमिटी गठन गरिएको छ ।
उक्त कमिटीको अध्यक्षमा डिल्लीराम आचार्य , उपाध्यक्षमा योगेन्द्र पौडेल, मो. हस्मुदिन, सावित्रा अधिकारी , कोषाध्यक्षमा सकिचन्द्र ऋषिदेव , सचिवमा सुनिता चौधरी र सह–सचिवमा रूपेश भट्टराई रहेका छन् ।
त्यस्तै गरि सदस्यहरूमा नवीन प्रसाद भट्टराई , निराबिनुत न्यौपाने , लेखराज कटेल,शिवकुमार चौधरी आदि रहेका छन् । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिहरू समेत छनोट गरेको छ । प्रदेश प्रतिनिधिहरूमा ईश्वरी प्रसाद आचार्य , नगेन्द्र प्रसाद ढकाल ,भोजकुमार खाँ , कपिल सुनार र सुनिता चौधरी रहेका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभाका सभासद गोपी अछामी , विशिष्ट अतिथि कुशल लिम्बू र अतिथिका रूपमा गणेश उप्रेतीको उपस्थिती रहेको थियो ।
–महेश भट्टराई