सुनको मूल्य घट्यो

न्युजलय ३० माघ २०८१, बुधबार ११:४२ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ७०० ले घटेको हो । 

मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।