काठमाडौँ । आइतबार(आज) सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो ।
यो सँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ।