ताप्लेजुङमा वरिष्ठ हवल्दार मृत फेला

न्युजलय २१ जेठ २०८०, आइतबार १२:५७ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। 

सिरिजंघा गाउँपालिकास्थित तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षका दीपक शाह शंकर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

सिदिङ्वा गाउँपालिका– ६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयको सर्वपक्षीय बैठकमा सहभागी भएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय तेल्लोकभन्दा केही तल बाघथला भन्ने स्थानमा त्रियुगा नगरपालिका बस्ने उनी मृत अवस्थामा फेला परेको बताइएको छ । 

प्रहरीका अनुसार मृतकलाई  छारेरोगको समस्या थियो। शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।