धरान । धरानका नगरप्रमुख हर्कराज राईले सञ्चालन गरेको खानेपानी अभियानमा सहभागी भएका व्यक्तिहरूको लापरबाहीले एउटा घरमा आगलागी भएको छ ।
वराहक्षेत्र–१ चावाचाका स्थानीय मोहन दाहालको घरमा आगलागी भएको दाहालकी बुहारी गङ्गा कार्कीले जानकारी दिइन् । उनका अनुसार कोकाहा खानेपानी अभियानका कार्यकर्ताले खाना पकाएर आगो ननिभाई हिँडेका थिए ।
आगलागीबाट ५ लाख रुपैयाँ बराबारको क्षति भएको उनले बताइन् । विकट ठाउँमा जोखिम मोलेर बनाएको घर जलेपछि विचल्ली भएको उनले बताइन् । क्षतीपूर्ती दिने आश्वासन आएपनि अहिलेसम्म आधिकारीक जानकारी नआएको उनले बताइन् ।