काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही युक्त गुरुङको शव आज काठमाडौं ल्याइने भएको छ ।
दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
निर्मल पुर्जासहित १० जना पर्वतारोहीको खोज तथा उद्धार अभियानका क्रममा पाकिस्तानमा रहेका शेर्पाले युक्त गुरुङको शवसँगै काठमाडौं फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
निर्मल पुर्जाको शव नेपाल ल्याइने भन्ने विषयमा भने उनले कुनै जानकारी दिएका छैनन् ।
यसअघि हिजो मात्र पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका निर्मल पुर्जासहित निर्मल ‘निम्स’ पुर्जा, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी आधार शिविरमा ल्याइएको थियो ।
युक्त गुरुङको शव भने केही दिनअघि नै उद्धार गरी आधार शिविरमा ल्याइएको थियो ।