झापाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

न्युजलय २० भदौ २०८०, बुधबार ०१:२४ मा प्रकाशित

झापा । झापाको भद्रपुर नगरपालिका–८ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना र काकडभिट्टाबाट एकजना गरी तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको संयुक्त प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारतीय नागरीक दार्जिलीङ जिल्ला नक्शालवारीकी २८ वर्षीया कल्याणी बर्मनी, २८ वर्षीया राधा बर्मनी र २४ वर्षीय कल्याण बर्मण रहेका छन् ।

राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउनसगुरसहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याणलाई ९८ ग्राम ९०० मिलिग्राम लागूऔषधसहित काकडभिट्टाबाट पक्राउ परेका हुन् ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।