सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय ५ चैत २०८१, बुधबार ११:३२ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम हुन थालेको छ। 

मंगलबार अहिलेसम्मकै महँगो बनेको सुनले आज फेरि महँगो मूल्यको नयाँ रेकर्ड बनाएको हो। 

आज प्रतितोला आठसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको छ। 

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला पाँच रुपैयाँ घटेर चाँदीको मूल्य २ हजार ४५ रुपैयाँ कायम भएको हो।