भारतमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

न्युजलय २२ मङ्सिर २०७८, बुधबार ०३:४६ मा प्रकाशित

काठमाडौं । भारतको तमिलनाडु राज्यमा बुधवार(आज) भएको हेलिकप्टर दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनजना घाइते भएको पीटीआई समाचार संस्थाले आधिकारिक स्रोतहरूलाई उद्धृत गर्दै खबर दिएको छ ।

उक्त हेलिकप्टरमा भारतका सर्वोच्च सैन्य अधिकृत चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत पनि सवार रहेको भारतीय सेनाले पुष्टि गरेको छ । 

घटनाका अप्डेटहरू आउन बाँकी छ ।