सुनको भाउ घट्यो

न्युजलय ३ असार २०८२, मङ्गलबार ११:१४ मा प्रकाशित

काठमाडौँ । मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।