काठमाडौँ । बिहीबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १८ सय रुपैयाँ बढ्दै सुन तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।
सुनमा भएको भन्सार कर वृद्धि र अन्तर्राष्ट्रियै भएको मूल्यवृद्धिको असर स्थानीय बजारमा देखिएको हो ।
महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।