नेपालले आज थाइल्यान्डसंग भिड्दै

न्युजलय १० चैत २०७८, बिहिबार ०१:२४ मा प्रकाशित

काठमाडौँ । एसिया कप छनोट अन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपालले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।

 

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा पराजित रहेको थियो । थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ । बैंककमा भएका ती दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो । त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह रहेका छन् ।


खेल अगाडि आयोजित प्रि म्याच पोस्ट कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डमा बटुल्न अनुभव एसियाकप छनोटका लागि निकै उपयोगी हुने बताएका छन् ।  


अल्मुताइरीले नेपाली टिम सम्हालेयता आफू पहिलो पल्ट थाइल्यान्ड आएको छ र टिमको तायरीमा आफू सन्तुष्ट रहेको पनि बताए । यस्तै नेपाली टिमका कप्तान किरण लिम्बूले थाइल्यान्डको सामना गर्नेक्रममा एसियाकप छनोट अगाडि रहेका कमजोरी सुधार्ने बताए । 


खेल थाइल्यान्डको चोनबरीमा नेपाली समयअनुसार साँझ ५ः४५ मा सुरु हुनेछ ।