बढ्यो सुनको मूल्य

न्युजलय ६ चैत २०८०, मङ्गलबार १२:४३ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ रहेको छ ।