इटहरी । सोमबारदेखि सुनसरीको इटहरीमा ‘सेन्ट्रल मार्ट’ सञ्चालनमा आउने भएको छ ।
५ हजार भन्दा बढी सामग्रीका भेराइटिहरुका साथ मार्ट सञ्चालनमा आउने सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो मार्टमा खाद्यान्न, घरायसी सामान तथा मदिरा तथा पेय पदार्थ सुपथ मुल्यमा ग्राहकले पाउने छन् । सोमबार हुने उद्घाटनको अवसरमा मार्टले ५ देखि २० प्रतिशत्सम्म छुटको व्यवस्था गरेको उनले बताए ।
यसका साथै एक हजारदेखि २५ सयसम्मको सामान खरिद गर्दा ग्राहकलाई विभिन्न खाध्य सामग्री निशुल्क दिइने उनले जानकारी दिए । वार्षीक ‘लक्कि ड्र’मा एक जनालाई यामाहाको १२५ सीसीको स्कुटर, एक जनालाई वासिङ मेसिन र एक जनालाई रेफ्रीजेरेटर दिइने उनको भनाइ छ ।