काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
मंगलबार सुनको भाउ तोलामा सात हजार नौ सय र चाँदीको तीन सय पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको भाउ घटेर मंगलबार चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।