धरान । धरान उपमहानगरपालिका–१७ स्थित ठकुरी खोला छेउमा एक जनाको मृत्यु भएको छ। स्थानीयले खोला छेउमा एक जना पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
प्रहरी टोलीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान धरान पठाएको छ। उनी लामो समयदेखि धरान क्षेत्रमा सडक मानवको रूपमा बस्दै आएको भए पनि हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालय धरानले प्रारम्भिक अनुसन्धानबाट मृतकको चिसोका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।