मध्यराती इटहरीको कत्था फेक्ट्रीमा आगलागी

न्युजलय २० जेठ २०८०, शनिवार ०७:१२ मा प्रकाशित

इटहरी । शुक्रबार राति इटहरी १७ लबिपुरमा रहेको कत्था फ्याक्ट्रीमा आगलागी भएको छ । 

हिमाली कत्था उद्योगमा आगो लागेको हो । आगलागीबाट त्यहाँ रहेको लाखौं मुल्य पर्ने तयारी कत्था जलेर नष्ट भएको छ ।

आगलागीलाई इटहरीको दमकल पुगेर निभाएको वडाध्यक्ष प्रभात आचार्यले जानकारी दिए । 


आगलागीको कारण र क्षतीको विवरण स्पष्ट आइसकेको छैन ।