काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।