सुडानमा पहिरोमा परी कम्तीमा एक हजार जनाको मृत्यु

न्युजलय १७ भदौ २०८२, मङ्गलबार ११:१३ मा प्रकाशित

काठमाडौं । सुडानमा पहिरो जाँदा कम्तीमा एक हजार जनाको मृत्यु भएको छ । 

विद्रोही समूह द सुडान लिबरेशन मुभमेन्ट आर्मीकाअनुसार पश्चिमी सुडानको दुर्गम मारा पर्वतमा पहिरो जाँदा कम्तीमा एक हजार जनाको मृत्यु भएको हो । 

भारी वर्षाका कारण अगस्ट ३१ मा यो पहिरो गएको थियो । तारासीन गाउँको ठूलो भाग नष्ट भएको छ । त्यहाँ एक जना मात्र बाँचेको बीबीसीले जनाएको छ । 

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेसबीचको युद्धले उत्तरी डार्फर राज्यका बासिन्दा मारा पर्वत क्षेत्रमा शरण लिइरहेका थिए ।