गैँडाको खागसहित सुनसरीबाट चारजना पक्राउ

न्युजलय ४ बैशाख २०८३, शुक्रबार ०६:०६ मा प्रकाशित

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चारजनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।

झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खागसहित बर्जु–६, ताल नजिकबाट चारजनालाई नियन्त्रणमा लिएको उनले बताए । 

पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।