सुन्दरहरैचाबाट लागुऔषधसहित दुई जना पक्राउ

न्युजलय १८ असार २०८०, सोमबार १२:४१ मा प्रकाशित

विराटनगर । मोरङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । 

सुन्दरहरैचा नगरपालिका–१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका–२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको हो । 

दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी दर्जी र गाँजा खरिद गर्ने दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।