स्थापना दिवसको अवसरमा प्रेस युनियनले बाँड्यो फलफूल

न्युजलय १२ जेठ २०८०, शुक्रबार ०८:५६ मा प्रकाशित

सुनसरी । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले इटहरी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

इटहरी उपमहानगरपालिकाका कार्यवाहक अध्यक्ष तथा युनियन पूर्व केन्द्रीय सदस्य दिवश पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का र भीषण राई, पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, युनियन सुनसरी पूर्व अध्यक्ष चेतन धमला, गणेश निरौला युनियन प्रदेश सचिब बिनय बाराकोटी लगायतको उपस्थितीमा फलफूल वितरण गरिएको अध्यक्ष ध्रुव ढकालले जानकारी दिए । 

जेठ १२ देखि १४ गतेसम्म अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी गर्ने, रक्तदान तथा खेलकुद कार्यक्रम गरी स्थापना दिवस मनाउने केन्द्रिय कमिटिको सर्कुलरअनुसार फलफूल वितिरण गरिएको युनियन सुनसरी सचिव बाबुराम कार्कीले बताए । 

लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ सालमा भएको हो । युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ।