काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबार (आज) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा ४०० रुपैयाँ बढेर कारोबारमा आएको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।
यसबाहेक, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । महासंघका अनुसार आज ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । शुक्रवार सुनको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, आज १३ सय ९० रुपैयाँ कायम भएको छ ।