डब्लुएचओले दियो कोभिडविरुद्धको ८० लाख सिरिन्ज

न्युजलय ५ भदौ २०७९, आइतबार ०८:०८ मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालको राष्ट्रिय कोभिड १९ खोप अभियानलाई ८० लाख सिरिन्ज (सुई) सहयोग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत (डब्लुएचओ)ले नेपाललाई उक्त सुई प्रदान गरेको हो।


डब्लुएचओले गत बिहीबार उक्त परिमाणको सिरिन्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको हो।


डब्लुएचओ नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डव नेतृत्वको टोलीले बिहीबार स्वास्थ्य सेवा विभाग पुगेर सिरिन्ज हस्तान्तरण गरेको हो।


विभागले डब्लुएचओबाट प्राप्त सिरिन्ज कोभिडविरुद्धको खोप अभियानका लागि देशभर पठाउने बताएको छ।