पर्व मनाउँदा अरूको मानव अधिकारको सुरक्षा गर्न जिल्ला प्रशासन मोरङको आग्रह

न्युजलय १२ जेठ २०८०, शुक्रबार १२:४७ मा प्रकाशित

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आफ्नो पर्व मनाउँदा अरूको मानव अधिकारको सुरक्षा गर्न आग्रह गरेको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै किरात राई समुदायको महान् पर्व उभौली साकेलालाई विभिन्न कार्यक्रमहरू गर्दै मनाईरहेकोमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

‘सबैको मानवअधिकारको सम्मान गर्दै रचनात्मक र सिर्जनात्मक रूपमा विभिन्न शान्तिपूर्ण कार्यक्रमहरू गरि आफ्ना मागहरु सम्बन्धित पक्ष समक्ष राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो, विज्ञप्तीमा भनिएको छ, आफ्ना मागहरुको लागि विभिन्न कार्यक्रमहरू गर्दा अरूको मानवअधिकारको सम्मान गर्नु, शान्ति सुव्यवस्था कायम गर्नु, सेवा प्रवाहमा अवरोध नगर्नु, आम नागरिकको जीवनयापनको सम्मान गर्नु, सार्वजनिक श्रोत साधनको संरक्षण गर्नु पनि हामी सबैको दायित्व हो ।’  

विज्ञप्ति मार्फत शान्ति सुरक्षा कायमराखि सबैको मानव अधिकारलाई सम्मान गर्दै आफ्ना कार्यक्रम गर्न आग्रह गरिएको छ।