सुनसरी । किरात राई बान्तावा नुमिहाङ समाजको तेस्रो राष्ट्रिय भेला बैशाख ३ गते शनिबार रामधुनी–१० बोटे सिमसारमा सम्पन्न भएको छ।
उक्त भेलाले नेत्र नुमिहाङ बान्तावा राईलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा लालबहादुर नुमिहाङ बानावा राई, सचिव राज नुमिहाङ बान्तावा राई सहसचिव सरन नुमिहाङ बान्तावा राईलाई चयन गरेको छ ।
यस्तै भेलाले कोषाध्यक्षमा मेलिना लिम्बू राई , सह कोषाध्यक्षमासुसिला राई , सदस्यहरु इन्द्र नुमिहाङ बान्तावा राई, राम प्रसाद नुमिहाङ बान्तावा राई, जितेन्द्र नुमिहाङ बान्तावा राई , धन नुमिहाङ बान्तावा राई, चेतमान नुमिहाङ बान्तावा राईसहितको नयाँ कार्यसमिती चयन गरेको छ।
प्रमुख अतिथी ज्ञान किराती (काम्दुङ) ले पहिचान सहिदको संघियताको विषयमा प्रष्ट पारेका थिए । संघीयता हुनेखाने बर्गको नभई पिछडिएको बर्ग र जातीको लागि र लोपोन्मुख भाषा संस्कृतिको लागि पनि आवस्यकता पर्ने किरातीले बताए ।
उत्पीडित वर्ग जाति र भाषा संस्कृति कोसि प्रदेशले सम्बोधन नगर्ने बताउनुका साथै कोशी प्रदेशलाई तत्काल संसोधन गरि कोशी प्रदेशलाई पहिचानको आधारमा संशोधन गर्नु पर्ने उनले बताए ।
कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमिती अध्यक्ष ज्ञान किराती (काम्दुङ) को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा जेष्ठ नागरिक तथा विभिन्न व्यक्तिहरु लाई पनि सम्मान गरिएको थियो ।