२०७८ साल माघ ६ गते बिहिबार

बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०३:३५ मा प्रकाशित

जुम्ला । जुम्लामा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ । 

तिला गाउँपालिका–९ को धाराखोलास्थित बालुवा खानीमा पुरिँदा सोही वडाकी १९ वर्षीया निली रावत र उनकी बहिनी नाता पर्ने १५ वर्षीया नीरमाया रावतको मृत्यु भएको हो ।

शुक्रबार(आज) बिहान बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल जुम्ला सदरमुकामबाट करिब ३५ कोश टाढा रहेको छ।

गाउँलेबाट घटना भएको खबर प्राप्त भएलगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ गएको र मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको जनाइएको छ ।