आजको सुनको मूल्य

न्युजलय २ जेठ २०८१, बुधबार ११:४६ मा प्रकाशित

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।