काठमाडौं । आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रूपैयाँले बढेको हो।
बुधबार प्रतितोलो एक लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ९६ हजार आठ सय रूपैयाँ पुगेको छ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर २३ सय ४० रूपैयाँ पुगेको छ।