सुनको भाउ बढ्यो

न्युजलय २१ मङ्सिर २०८०, बिहिबार ११:३२ मा प्रकाशित

काठमाण्डौ । बिहीबार(आज) सुनको भाउ बढ्दा चाँदीको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रति तोला दुई सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रति तोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।