बढ्यो सुनको मुल्य

न्युजलय २६ मङ्सिर २०८१, बुधबार ११:५६ मा प्रकाशित

काठमाडौं । आज सुन प्रतितोला दुई हजारले वृद्धि भएको छ। मङ्गलबार एकतोला सुन एक लाख ५२ हजार २०० मा कारोबार भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ। आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ।