ताप्लेजुङमा आगलागीले एक घर जलेर नष्ट

न्युजलय २२ जेठ २०८०, सोमबार ०५:५४ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । 

आइतबार घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको बताइएको छ । समयमा नै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण घरायसी सामान पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण भने एकिन भएको छैन । 

आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।